सासंद झालाई यमुनामाईमा आएर देखाउन अध्यक्ष मुखियाको चुनौती
२२ कार्तिक, रौतहट । यमुनामाई गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अनिल कुमार झालाई सो गाँउपालिकामा कुनै कार्यक्रम गर्न नदिने बताएका छन ।
रौतहटको यमुनामाई गाँउपालिका २ मा कार्तिक ११ गते जनता समाजवादी पार्टीले दशंै, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम जनप्रतिनिधि तथा महिलाको बारेमा अभद्र टिप्पणी गरेका पूर्वमन्त्री तथा सासंद अनिल झाले संघिय सासंदको सहकार्यमै सरकारले नगरपालिका र गाउँपालिकाको खातामा पठाउने गरेको रकम मेयरको बाउको सम्पती नभएको भनेका थिए । सरकारले पठाएको रकम विकास निर्माणको काममा स्थानीय तहका मेयरको खर्च गरेको बताउदै उनले त्यो पैसालाई मेयरको बाउको सम्पति नरहेको भनेका थिए ।
बोलिको कारण आलोचित बनेका सासंद झाले आफू सँग माफि नमागे सम्म यमुनामाई गाँउपालिकामा कुनै कार्यक्रम गर्न नदिने गाँउपालिका अध्यक्ष मुखियाले बताए । “साँसद जस्तो पदमा भएको मान्छेले मलाई नै सार्वजनिक मंचबाट गालि दिएका हुन ।” गाँउपालिका अध्यक्ष मुखियाले भने “उनले सो कार्यक्रम पश्चात आफूले दिएको अभिव्यक्ती यमुनामाई गाँउपालिका प्रति लक्षित रहेको बताएका छन । यसले गाँउपालिकावासीको बदनामी भएको छ । अब उपरान्त यो पालिकामा कुनै कार्यक्रम गरेर देखाउन म उनलाई चुनौति दिन्छु ।” सरकारले पठाएको पैसा पालिकाहरुले सदुपयोग गरेको तर सासंद झाले आफ्नो संसदिय विकास कोषको सबै रकम हाल सम्म व्यक्तिगत काममा दुरुपयोग गरिरहेको अध्यक्ष मुखियाले आरोप लगाए ।
गाँउपालिकामा आयोजित पत्रकार सम्मेलनमा उनले जसपाका नेता सासंद झाले निकै निम्न स्तरको अभिव्यक्ती दिएर महिला तथा जनप्रतिनिधिलाई ठेस पु¥याएको बताए । सासंद अनिल झाले सो शुभकामना कार्यक्रममा सम्वोधन बैदेशिक रोजगारीमा गएकाहरुले कमाएर घरमा पठाउदा उनीहरुका श्रीमती फिल्म हेर्दा हेर्दै पैसा सकाएर पर पुरुष सित पोइल जान्छन भनेका थिए ।
कार्यक्रममा बोलेका शब्दहरुका कारण झा सामाजिक संजालमा निकै आलोचित बनिरहेका छन । रौतहटका महिला सासंद, महिला अधिकारकर्मी तथा उपमेयरहरुले समेतले उनको विरोध गरेका छन । महिला सँजाल तथा अधिकारकर्मीहरुले झाको विरुद्धमा प्रर्दशन समेत गरेका थिए ।
झाले भने आफूले बोलेका शब्दहले आहत हुने सँग माफी मागेको कुरा सामाजिक संजालमा पोष्ट गरेका छन । रौतहटको क्षेत्र नं १ बाट निर्वाचित भएका झाले यस संसदिय क्षेत्रको विकासको साटो अनिल डिम्पल फाउंडेशनको नाममा व्यक्तिगत स्वार्थमा सबै रकम खर्च गरेको स्थानियको आरोप छ ।