नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि

   २१ कार्तिक २०७७, शुक्रबार १७:२१  

२१ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार १७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको मन्त्रालयले जनाए ।

यस्तै, हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ३४ हजार ९ सय ५ जना रहेका ३४ हजार ९ सय ५ जना रहेका छन् ।

त्यसैगरी, बितेको २४ घण्टामा थप ४ हजार ५ सय जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

यसैबीच कोरोना संक्रमणक कारण बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ, भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ७० पुगेको छ ।