महोत्तरीबाट लागुऔषधसहित १४ एक बालक पक्राउ
२१ कार्तिक, रौतहट । भारतबाट ल्याउँदै गरेका लागुऔषधसहित महोत्तरीबाट एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान सम्सी गाउँपालिका वडानम्बर ६ स्थित बजारबाट १४ वर्षीय बालकलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने गौशाला नगरपालिका वडानम्बर १ का बालक रहेका महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश बिष्टले बताए । बालकको साथबाट स्पास्मो प्रोक्सोभोन प्लस १६ थान, नाइट्रोभेट ट्याब्लेट १० लेखिएको ३० थान र कोरेक्स १०० एमएलको ४ बोतल फेला परेको बिष्टले बताए ।
लागुऔषधसहित पक्राउ परेका बालकविरुद्व लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।