ठेकेदारले समयमा पुल निमार्ण गर्न नसक्दाँ कार्वाहीको साटो पुरस्कार

   २१ कार्तिक २०७७, शुक्रबार १५:४०  

२१ कार्तिक, रौतहट । रौतहट जिल्लाका १४ स्थानमा बन्दै गरेका पुलको काम समयमा नसक्दा स्थानीयलाइ समस्या भएको छ ।

सरकारले १४ वटा पुल बनाउन ठेक्का दिएका ठेकेदार कम्पनीले बिभिन्न कारण बताएर पुलको काम समयमा नगरेका कारण रौतहटका ग्रामिण भेगमा रहेका सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भएको हो । यसको उदहारणको रुपमा टिकुलिया पनि रहेको हो ।

ठेकेदारले पटक पटक म्याद थप गरेर काम आलटाल गरेका कारण टिकुलिया घाटमा केही बर्ष पहिला भएको डुंगा दुर्घटनामा धेरै जनालाई आफ्नो ज्यान गुमाउनु परेको थियो ।

टिकुलिया घाटमा पुल नबनेका कारण बर्षाको समयमा गौरबाट छोटो दुरीमा पुगिने इशनाथ नगरपालिका जानका लागि स्थानीयले भारतको बाटो भएर जान बाध्य नै बन्छन् ।

यस्तै, रौतहटका अन्य १३ स्थानमा पनि म्याद सकिएको लामो समय हुदाँ समेत पुल बन्न सकेको छैइन् ।

रौतहट जिल्लाका पुर्व प्रधानमन्त्री माधव नेपाल , जसपा नेपालका नेता अनिल झा र नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह लगाएका राष्ट्रिय स्तरका नेताको जिल्लामा नै ठुलो योजनाको काम समयमा नहुनु आफैमा दुर्भाग्यको कुरा रहेको छ ।

त्यस्तै, चन्द्रपुर नगरपालिकाको वडानं ३ स्थित गैडाटार जाने बाटोको चादी खोलामा बन्दै गरेको पुलको काम समेत समयमा सम्पन्न हुन नसक्दा बर्षाका बेला सो भेगका बासिन्दाले भोग्ने पिडा कुनै नेताले भोगेको भय सायद सो पुल समत समयमा बन्ने थियो ।

ठेकेदारले समयमा पुल बनाउने काम सम्पन्न नगरेको भन्दै निकाय सडक डिभिजन कार्यालय कार्यालयले कार्वाही नगरेर पुरस्कार स्वरुप कामको म्याद थप्ने गरेकाले समेत पुल निर्माणको काम समयमा हुन नसकेको हो ।