पुजारी हत्याको आरोपमा पक्राउ परेका दुवै जना कारागार पुगे
२१ कार्तिक, रौतहट । रौतहटमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका दुईजना जेल चलान भएका छन् ।
जिल्लाको माधवनारायण नगरपालिका २ खेसरैयामा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत रौतहटले यही कार्तिक १९ गते (बुधबार) पुर्पक्षको लागि कारागार चलानको आदेश गरेको हो ।
यही भदै १७ गते पक्राउ परेका देवाही गोनाही नगरपालिका १ करुनीयाका जयनारायण राउत पटेल र रामनरेश पटेलका अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालय रौतहटमार्फत जिल्ला अदालतमा पेस गरेको थियो ।
अदालतले पुर्पक्षका लागि दुवैलाई कारागार चलान गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए ।
गत भदौ ३ गते राति करिब ९ बजे हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम शाहको खान बसेको बेला नै गोली हानी हत्या गरेका थिए ।
पक्राउ परेका दुवै जनालाई जेल चलान भएपनि सो हत्याको बिषयमा थप अनुसन्धान गर्नुपर्नै स्थानीयको माग रहेको छ ।