छिमेकीसँग भागेपछि पूर्वपतिले गरे पत्नीको हत्या

   २१ कार्तिक २०७७, शुक्रबार १२:०६  

२१ कार्तिक, रौतहट । सोलुखुम्बुमा छिमेकीसँग विवाह गरेर भागेको रिसमा पूर्वपतिले पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका ३ बस्ने २९ वर्षीय होमबहादुर राई हुन् ।

आफ्नो श्रीमतीलाई भगाएको थाहा पाएपछि रिसले नन्दराजकै घरमा पुगेर होमबहादुरले यही कात्तिक १९ गते वर्षीय २८ सोमामाथि खुकरी प्रहार गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

केही महिना अघिदेखि दुवै जनाको सम्बन्ध राम्रो नभएपछि सोमा माइत बस्दै आएकी थिइन् । माइतमा रहेकी सोमालाई भाउजु भन्दै आएका नन्दराज राईले गत वैशाखमा विवाह गरेर भगाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गर्ने होमबहादुर राई र नन्द राज राई छिमेकी नै हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज होम बहादुरलाई जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

मृतककी एक छोरी छन् ।