कैलालीमा वडाध्यक्ष कोरोना संक्रमणबाट मृत्यु

   २१ कार्तिक २०७७, शुक्रबार ११:१२  

२१ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका वडाध्यक्षको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको हो ।

उनलाई यही कार्तिक १२ गते स्वास्थ्यमा समस्या आएपछि, आईसियूमा भर्ना भई उपचार भइरहेको थियो । सेती प्रदेशिक अस्पतालमा उपचारकै क्रममा पीसीआर परीक्षण गर्दा उनमा कार्तिक १७ गते कोरोना पुष्टि भएको थियो, उपचारका क्रममा शुक्रबार बिहान करिब ६ः२५ बजे ६३ वर्षीय शाहको मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिए ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।

उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।