थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि

   २० कार्तिक २०७७, बिहीबार १७:०१  

२० कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोनाभाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३ हजार ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

हाल देशभर संक्रिय संक्रमितको कुल संख्या ३६ हजार ५ सय १४ रहेको छ ।

यस्तै विगत २४ घण्टामा थप ३ हजार ४ सय ३० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको मन्त्रालयले जनाए ।

यसैबीच कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ, भने हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ५२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप एक हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा १ हजार ९१, ललितपुरमा १ सय ६० र भक्तपुरमा १ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।