सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना पुष्टि, आज अस्पतालमा भर्ना

   २० कार्तिक २०७७, बिहीबार १६:१५  

२० कार्तिक, रौतहट । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यही कार्तिक १५ गते मन्त्री शाहलाई कोरोना पुष्टि भएपछि उनी ५ दिनसम्म होम आइसोलेशनमा नै बसेका थिए ।

तर,एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री ज्यूलाई अस्पताल भर्ना गरिएको स्वकीय सचिव जङ्ग विकले जानकारी दिए ।

अहिले उहाँको अवस्था सामान्य रहेको छ ।