जितपुरबाट १४७ किलो गाँजा सहित ट्रक पक्राउ
२० कार्तिक, रौतहट । बिहीबार बिहान ईलाका प्रहरी कार्यालय जितपुरले चेक जाँच गर्ने क्रममा १४७ बिलो गाँजा सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय जितपुरको प्रहरी नायब निरीक्षक देवबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले बुधवार बिहान ३ बजे पथलैया बाट बिरगंज आउदै गरेको ना ७ ख ९५५४ नम्बरको ट्रकलाई चेक जांच गर्ने क्रममा १४७ किलो गाँजा भेटिएको ईलाका प्रहरी कार्यालय जितपुरको प्रहरी नायब निरीक्षक देवबहादुर चन्दले जानकारी गराएका छन् ।
ईलाका प्रहरी कार्यालय जीतपुर बाट खटीएको टोलीले ईलाका प्रहरी कार्यालय जितपुरको अगाडी नै चेक जांच गर्ने क्रममा ३ वटा ट्रकको पछाडी ट्रक छोडेर चालक फरार भए पछि खालि ट्रक चेक जांच गर्दा ट्रकको पछाडी लुकाएर राखेको ७ वटा पोकामा १४७ किलो गाँजा बरामद गरिएको छ ।
नियन्त्रणमा लिएको ट्रकलाई जिल्ला प्रहरी कार्यालय बारा पठाईएको हो भने चालकको खोज तलास जारि रहेको छ।