वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले कोरोना भत्ता नपाएको भन्दै आन्दोलित

   २० कार्तिक २०७७, बिहीबार १५:०३  

२० कार्तिक, रौतहट । वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमितको उपचारमा खटिएको जोखिम भत्ता नदिएको भन्दै आन्दौलनमा उत्रिएका छन् ।

आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुको भनाइ अनुसार अूपतालले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण व्यस्थापनमा खटिएपनि गुणस्तरिय स्वास्थ्य सुरक्षा सामाग्री दिएको छैनन् ।

त्यस्तै चैत ११ गतेदेखि हालसम्म एकपटक पनि भत्ता नदिएको आन्दोलित स्वास्थ्यकर्मीहरुको भनाइ छ । दैनिक एक घण्टा ड्युटी छोडेर उनीहरू अस्पताल परिसरमा चार दिनदेखि धर्ना बसिरहेका छन् ।

वीरमा हालसम्म करिब २५० स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्, तीमध्ये आधा संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमै छन् । भत्ता र सुरक्षा सामग्री उपलब्ध नगराए आकस्मिकसहित सबै सेवामा आफूहरू नखटिने आन्दोलित स्वास्थ्यकर्मीहरूको चेतावनी छ ।

वीरमा एक हजार ५ सय स्वास्थ्यकर्मी छन्, जसले संक्रमितको उपचारमा खटिएबापत भत्ता र पाउनुपर्ने सेवासुविधा पाएका छैनन् ।