१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

   २० कार्तिक २०७७, बिहीबार १४:००  

२० कार्तिक, रौतहट । काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्दै आएकी १६ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ती किशोरी कात्तिक २ गते बलात्कृत भएकी थिइन् ।

पक्राउ पर्नेमा २१ वर्षीय सुजन कार्की रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार दोलखा शैलुङ्गेश्वर गाउँपालिका–३ घर भई काठमाडौँको सिफल बस्ने कार्कीलाई सामाखुसीबाट पक्राउ गरिएको छ ।

बलात्कारपछि फरार भएका कार्की खोजी गर्ने क्रममा सामाखुसीबाट पक्राउ परेर थप अनुसन्धानको लागि कार्कीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको थापाले बताए ।