१४ दिनको न्यायीक हिरासतमा अर्नबलाई पठाइयो

   २० कार्तिक २०७७, बिहीबार ११:४९  

२० कार्तिक, रौतहट । प्रधान सम्पादक एवम भारतको रिपब्लिक टेलिभिजनका मालिक अर्नब गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।

आत्महत्या दुरुत्साहनको मुद्दामा बुधवार प्रहरीले गोस्वामीलाई उनकै घरबाट नियन्त्रणमा लिई १४ दिनको लागि न्यायीक हिरासतमा पयाइएको हो ।

सन् २०१८ मा ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्भय नायक र उनकी आमालाई आत्महत्या गर्न उक्साएको आरोपलाई अर्नबविरुद्ध मुद्दा दायर गरिएको थियो ।

यता आत्महत्याको मुद्दामा पक्राउ परेका अर्नबको बचाउमा भारतको केन्द्र सरकार, भारतीय जनता पार्टी अघि आएको छ । उनीहरुले महाराष्ट्र सरकारले अर्नबलाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको उपहास गरेको र ‘इमर्जेन्सी’ को परिस्थिति सिर्जना गरेको आरोप लगाएका छन्।