‘हामीले चुनाव जितिसकेका छौं’: ट्रम्प

   १९ कार्तिक २०७७, बुधबार १६:५९  

१९ कात्तिक, रौतहट । अमेरिकी राष्ट्रपतिको परिणाम आइरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा एक सम्बोधनमा आफूहरुले चुनाव जितिसकेको बताएका छन् ।

ट्रम्पले आफ्नो परिवार र करोडौं समर्थकलाई धन्यवाद दिँदै भने, ‘हामी ठूलो उत्सवको लागि तयार थियौं । हामी सबैकुरा जितिरहेका थियौं ।’

ट्रम्पले थपे, ‘यो धोका हो, निकै ठूलो धोका । मानिसहरुबाट उनीहरुको मताधिकार खोसिदैँछ र म यस्तो हुने दिनेछैन ।’

उनी भन्छन्, ‘हामी एउटा ठूलो उत्सवको तयारी गरिरहेका थियौं र अचानक यस्तो कुरा सुनिएको छ कि जसमा केही असाध्यै दुःखी मानिसहरुको एक समूहले मानिसहरुको मताधिकारसँग खेलबाड गरिरहेको देख्न सकिन्छ । टेक्सस, फ्लोरिडा, ओहायोमा हामीले चुनाव जितिसकेका छौं ।

उनीहरुलाई थाहा छ कि उनीहरु जित्न सक्दैनन् त्यसैले उनीहरु यसलाई अदालतमा लैजान चाहन्छन् । यो मलाई पहिले नै थाहा थियो र यसबारे भनिसकेको पनि छु ।’

‘नर्थ क्यारोलाइनामा हामी जितिसकेका छौं । यो एउटा छल हो, लज्जाको विषय हो । हाम्रो देशसँग यो धोका हो । हामीले चुनाव जितिसकेका छौं । हाम्रो लक्ष्य यसलाई लागू गर्नु हो । हामी अमेरिकाको सर्वोच्च अदालत जानेछौं । भोटिङ समाप्त भएपछि भोट हाल्न दिन सकिँदैन ।’

बीबीसी