सर्लाहीबाट ६ जुवाडे पक्राउ

   १९ कार्तिक २०७७, बुधबार १६:२७  

१९ कार्तिक, रौतहट । सर्लाहीमा ६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चर्चित गोरु व्यपारी शम्भु सिंहसहित ६ जना पक्राउ परेको हो ।

जुवाडेहरुबाट ७० हजार नगद र मोबाइल समेत बराबद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी बरथवा सर्लाहीका प्रमुख डीएसपी उद्धवसिंह भाट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।