बाख्रा चराउन गएकी महिलाको शव दुई दिनपछि फेला

   १९ कार्तिक २०७७, बुधबार १५:३०  

१९ कार्तिक, रौतहट । बाख्रा चराउन जंगलमा गएकी डुङ्गेश्वर गाउँपालिका–६ लटालीको २१ बर्षिय सुनिता विकका शव दुई दिनपछि मृत फेला परेको छ ।

सोमबार खाना खाएर १० बजे बाख्रा चराउन जंगलमा मंगलबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । मृतकको घर गुराँस गाउँपालिका –१ सेफ्टीमा हो । ‘श्रीमानसँगको सम्बन्ध राम्रो नभएकाले ६ महिनादेखि माइती घरमा बस्दै आएकी प्रहरी प्रमुख श्रेष्ठले बताए ।

‘मृतक अवस्थामा भेटिएकी युवती सोमबार बाख्रा चराउन घरबाट हिँडेपछि हराउनुभएको रहेछ, उनको खोजीका लागि परिवारजनले प्रहरीलाई खबर गरेको थिएन्,’ डिएसपी श्रेष्ठले भने, ‘घर नआएपछि परिवारले खोजी गर्दा मंगलबार जंगलमा मृत अवस्थामा शव भेटिएको हो ।’ उनले भने मृत अवस्थामा शव फेला परेपछि मात्रै परिवारजनले प्रहरीलाई खबर गर्नुभयो’, ।

‘घटनास्थलमा नेपालगञ्जबाट नेपाल प्रहरीको तालिम प्राप्त कुकुरहरु ल्याएर अनुसन्धान गरिएको युवतीको टाउको अगाडि र पछाडीको भागमा चोट लागेको र घटनास्थलबाट मृतकलाई हिर्काउन प्रयोग गरिएको लट्ठीसमेत फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले आवश्यक सोधपुछका लागि श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

तर मृतकका आफन्तले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । माइती परिवार र आफन्तले घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न जो कोहीलाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीको गर्न माग गरेका छन् । ती महिलाको शव पोष्ट मार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ । आज नै पोष्ट मार्टम गरिने प्रहरीले जनाएको छ । यो घटना शंकास्पद भएको कारण प्रहरीले गम्भीर रुपमा थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।