कति बढ्यो सुनको मूल्य
द नेपाल मिडिया
१९ कार्तिक २०७७, बुधबार १२:५८
१९ कार्तिक, रौतहट । नेपाली बजारमा मंगलबारको तुलनामा आज सुन प्रतितोलामा ९०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाल सुनको मूल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबर भइरहेको हो ।
आज चाँदीको भाउ प्रतितोला १ हजार २ सय ५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।