भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने व्यक्ति पक्राउ

   १९ कार्तिक २०७७, बुधबार ११:४३  

१९ कार्तिक, रौतहट । नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्राउ परेको छ ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल आउँदैछन् । नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ ।

भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् ।

गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।