भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा भेटिएका शवको पहिचान खुल्यो

   १९ कार्तिक २०७७, बुधबार ११:३४  

१९ कार्तिक, रौतहट । भारतको दुधुवा राष्ट्रिय निकुञ्जको रानीवनमा भेटिएका शव धनगढी उप–महानगरपालिका ४ भगवती टोलकी ५५ वर्षीय नरुदेवी कठायत रहेकी पुष्टि भएको प्रहरीको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतक महिलाको शव नजिकै भेटिएको डायरीका आधारमा परिचय खुलेको बताउनुभयो । डायरीमा मृतकको नाम, श्रीमान र बुवाको नाम लेखेको भेटिएको थियो ।

मानसिक अवस्था ठीक नभएकी कठायत केही समयदेखि सम्पर्कविहिन थिईन् । उनको परिवार भारतमै रहेकाले आवश्यक प्रक्रिया पूरा गरि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परिवारका सदस्य सम्पर्कमा आएको छ ।