कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नीको निधनप्रति दाहालद्वारा दुःख व्यक्त
१९ कार्तिक, रौतहट । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुःख व्यक्त गरेका छन् ।
आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा सीताको निधन भएको हो । सामाजिक सञ्जालमार्फत एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् । दसैँमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि, यही कात्तिक १३ गते उनलाई दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा समस्या गत कार्तिक १४ गते हेलिकोप्टरबाट उनलाई काठमाडौँ ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा पीसीआर परीक्षण गर्दा उनका कोरोना रिपोर्ट पोजेटिभ आएपछि, कार्तिक १५ गते गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा नै आज बिहान करिब ६ः२५ बजेको समयमा निधन भएको अस्पतालले जनाए ।
लामो समयदेखि माइस्थेनिया रोगबाट उनी पीडित थिइन् ।