मंसिर २ गतेदेखि देशभरका अदालत पूर्ण रुपमा खुल्ने
१८ कार्तिक, रौतहट । तिहार बिदा सकिएलगत्तै देशभरका अदालतबाट सबै कामकारबाही सुुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केही महिनायता सर्वोच्च अदालतबाट निश्चित मुद्दाको मात्रै सुनुवाइ हुने गरेको थियो ।
सर्वोच्च अदालतले मंगलबार एक सूचना जारी गरी आगामी मंसिर २ गतेदेखि मुद्दाका सबै कामकारबाही नियमित रुपमा सुुरु हुने जनाएको हो । त्यसका लागि सर्वोच्च अदालतले केही मापदण्ड पनि तोकेको छ ।
सर्वोच्चका अनुसार, मुद्दाको सुनुवाइका लागि पक्षरविपक्षीको तर्फबाट एकरएक कानुन व्यवसायी र उनीहरुका एकरएक कानुन व्यवसायी मात्रै सहभागी हुन पाउने छन् । तीभन्दा बढी भएमा बहस नोट पेस गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
सर्वोच्चले इजलासमा उपस्थित हुने कानुन व्यवसायीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र त्यो हटाउन नहुने नियम बनाएको छ । इजलास अधिकृतले समेत त्यसको पालना गर्नुपर्नेछ । सर्वोच्चले सम्भव भएसम्म ‘प्लास्टिकको भाइजर’ समेत लगाउन भनेको छ ।
मुद्दाको बहसका क्रममा आवाज कम हुने भएमा पोडियममा माइकको पनि व्यवस्था गर्ने भएको छ । अनि सार्वजनिक सरोकारको विषयमा हुने बहसमा नेपाल बार एसोसिएसनको भवनबाट श्रव्य दृश्य माध्यमबाट बहसको व्यवस्था गरिने भएको छ ।
कानुन व्यवसायीहरु पालो आएपछि मात्रै इजलासमा पस्न पाउने भएका छन् । अनि मुद्दाका क्रममा न्याय प्रशासन सम्बन्धी काम अब अदालतको झ्यालबाट हुने भएकाले छ । सर्वोच्चले बहस नोट र मुद्दा स्थगितको निवेदन दिन इमेलको व्यवस्था गरेको छ ।