धनुषामा ढिस्कोले पुरेर एक महिलाको मृत्यु, दुई जना घाइते

   १८ कार्तिक २०७७, मंगलवार १३:०६  

१८ कार्तिक, रौतहट । धनुषमा ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ । ढिस्कोमा परेर एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ४ मा माटोको ढिस्कोले पुरेर एक ३५ वर्षीय सुनितादेवीको मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जानकारी दिए ।

घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन । गम्भीर घाइतेको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको जनाइएको छ ।

दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु भएको बताइएको छ ।