कोरोनाका कारण थप दुई जनाले ज्यान गुमाए

   १८ कार्तिक २०७७, मंगलवार १२:४२  

१८ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड १९ अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगरका एक जना र धरानका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।

विराटनगर ११ का ४९ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको छ । कार्तिक १४ गते अस्पतालमा उपचारका लागि भर्ना भएका ती पुरुषलाई पीसीआर परीक्षण गर्दा सोही कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, धरान १५ का ६३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यही असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि, उनी उपचारका लागि कार्तिक १२ गते अस्पतालमा भर्ना भएका थिए । ती संक्रमित पुरुषको उपचारकै क्रममा आज बिहान ३ः५० बजे मृत्यु भएको हो ।

उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो ।