जीप दुर्घटना हुदाँ पाँच जना गम्भीर घाइते

   १८ कार्तिक २०७७, मंगलवार १२:११  

१८ कात्तिक, रौतहट । धादिङबेसीबाट काठमाडौँ जादै गरेको जीप दुर्घटना हुदाँ पाँच जना घाइते भएको छन् ।

जिल्लाको नीलकण्ड नगरपालिका वडा नं. ८ ससाहम स्कारपियो जीप दुर्घटना हुदाँ पाँच जन घाइते भएको हो ।

बा १५ च ३५०४ नम्बरको स्कारपीयो कालुपाण्डे मार्गमा दुर्घटना भएर सडकबाट करिव एक सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुई जनालाई हेलिकप्टेरबाट उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।