काठमाडौँबाट हुण्डीको एक करोड रुपैयाँसहित ३ जना पक्राउ

   १८ कार्तिक २०७७, मंगलवार ११:५६  

१८ कार्तिक, रौतहट । काठमाडौँको ओमबशाबाट हुण्डी कारोबार गर्ने तीन जनालाई एक करोड रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका कमल मित्तल, विकास मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए ।

हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।