सेती पुल नजिक एक ७५ वर्षीय वृद्धको शव भेटिए

   १८ कार्तिक २०७७, मंगलवार ११:३५  

१८ कार्तिक, रौतहट । दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय वृद्धको शव फेला परेको छ ।

मजदुरी गरेर पेट पाल्दै आएका लक्ष्मण साउद दिपायलको सेती पुल नजिक शव मृतावस्थामा भेटिएका हुन् ।

घरपरिवारका सदस्यसमेत कोही पनि नभएका मृतक साउदको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी दिए ।

साउदको मृत्युको कारण नखुलेको भए पनि उनी नियमित मदिरा सेवन गर्ने भएकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।