नोभेम्बर १० मा एप्पलले ‘वान् मोर थिङ्’ इभेन्ट गर्ने घोषणा

   १८ कार्तिक २०७७, मंगलवार ११:१३  

१८ कात्तिक, रौतहट । एप्पलले नोभेम्बर १० मा ‘वान् मोर थिङ्’ इभेन्ट गर्ने घोषणा गरेको छ। यो इभेन्टले यसअघिको म्याकबुक ट्रेन्डमा परिवर्तन ल्याउने आशा गरिएको छ। किनभने, यो यसै इभेन्टमार्फत एप्पलले आफ्नै कस्टम आर्म(बेस्ड सिपियुसहिका ल्याप्टप सार्वजनिक गर्न सक्ने छ।

एप्पले तीन नयाँ ल्याप्टप – १३ इञ्च म्याकबुक एयर र दुई फरक साइजका म्याकबुक प्रो मोडल्स (१३ इन्च र १६ इन्च) डेब्यू गर्ने तयारी गरेको छ। यी सबै ल्यापटपमा इन्टेल प्रोसेसर समावेश हुने ब्लुमबर्गले जनाएको छ।

तर ‘वान् मोर थिङ्’ इभेन्टबारे एप्पलले थप जानकारी केही पनि दिएको छैन। तर, आइप्याड, आइफोनको अपडेटेड सिरिज सार्वजनिक गरिसकेको एप्पलका म्याक्स मात्रै यो वर्ष नयाँ सार्वजनिक हुन बाँकी छन्।

एप्पपले गत समर इभेन्टमा म्याक लाइनअप ×86 सिपियुलाई आर्म्स सिपियुमा परिवर्तनबारे सोचिरहेको बताएको थियो। र, कम्पनीले आर्म म्याक ट्रान्जिसन यो वर्षदेखि सुरु गरेर २०२२ मा टुङ्ग्याउने योजना बनाएको छ।