बाँकेमा थप ३२ जना कोरोनामुक्त
द नेपाल मिडिया
१८ कार्तिक २०७७, मंगलवार १०:५५
१८ कार्तिक, रौतहट । बाँकेमा थप ३२ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
जिल्लामा रहेका विभिन्न आइसोलेशनबाट थप २१ जना पुरुष र ११ जना महिला गरी थप ३२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रष्ठले जानकारी दिए ।
बाँकेमा हालसम्म २ सय १८ जना संक्रिय संक्रमित रहेको छन्, भने कोरोनामुक्त हुनेको कुल संख्या २ हजार ९ सय ६० पुगेको श्रेष्ठाले बताए ।