नेपाली कांग्रेस सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको निधन
१८ कार्तिक, रौतहट । नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको गए राति निधन भएको छ ।
लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसीको पोखरास्थित घरमा ६३ वर्षको उमेरमा निधन भएको कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए ।
केसी प्रतिनिधिसभामा कांग्रेस सांसद समेत थिए । उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए। पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले केसीको निधनमा दुस्ख व्यक्त गरिदै केसीको निधनले कांग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी र समाजसेवी गुमाएको महशुस भएको बताएका भएका हुन् ।
उनी उद्योगी पनि थिए । यस्तै केसीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुस्ख व्यक्त गरेका छन्।
‘प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको हिजो राती १०ः३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको खबरले दुस्ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन् ।
उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।