कुलेश्वरमा एटीएम मेसिन फोडेर पैसा लुट्ने युवक पक्राउ
१७ कार्तिक, रौतहट । कुलेश्वरमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको टिकापुर नगरपालिका ९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने एक १७ वर्षीय प्रज्वल खाणलाई आइतबार राति एटिएम मेसिन फेडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्र बैंकको एटीएम फोडदै गरेको अवस्थामा खाणलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा खाणलाई पक्राउ गरिएको कालीमाटीका डीएसपी अपिलराज बोहोराले बताए ।
पक्राउ परेका खाणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले जानकारी दिए ।