बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
१७ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ९ निवासी ४८ वर्षीय पुरुष रहेका हुन् ।
यही कार्तिक १० गते भेरी अस्पताल नेपालगन्जमा भर्ना भई पीसीआर परीक्षण गराउँदा कार्तिक ११ गते उनलाई कोरोना पुष्टि भएपछि अस्पतालमा उपचारका भइरहेको थियो ।
अस्पतालमा उपचारकै क्रममा गएराति करिब ११ः१५ बजेको समयमा संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यो संगै बाँकेमा बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।