दश वर्षीय बालिकालाई बनधक बनाई करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

   १७ कार्तिक २०७७, सोमबार ११:१७  

१७ कार्तिक, रौतहट । जनाकपुरधाममा एक दश वर्षीया बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ७ को भ्रमरपुरा चोकमा डेरा लिएर बस्दै आएको एक १० वर्षीया बोल्न नसक्ने फरक क्षमता भएको बालिका लाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही ५ निवासी ५१ वर्षीय वीरेन्द्रसाह रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।

बालिका बस्ने घरको नै तल्लो तल्लामा भाडामा बस्दै आएको साहले घरमा कोही नभएको बेला बालिकालाई ललाईफकाई गरेर प्रलोभन दिई बन्धक बनाई करणी गरेको जनाइएको छ ।

बालिकाकी आमा छोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखि हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गर्दा जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दा शीर्षकअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।