आइतबार थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि, ३६२० जना कोरोनामुक्त
१६ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय २४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
त्यस्तै, नेपालमा आजसम्म संक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेका छन्, जसमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७ सय ७९ जना र होम आइसोलेशनमा ३० हजार ९ सय ८६ जना रहेका डा. गौतमले बताए ।
यस्तै, विगत २४ घण्टामा थप ३ हजार ६ सय २० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको छन्, भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोना संक्रमणका कारण थप २३ जनाले ज्यान गुमाएको छन् । यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ९ सय ६० पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा मात्रै १ हजार ६ सय २२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा १ हजार ३ सय ६२ जना, ललितपुरमा १ सय ६४ जना र भक्तपुरमा ९६ जना गरी थप १ हजार ६ सय २२ जना संक्रमित थपिएका छन् ।