पोखरामा थप एक संक्रमितको मृत्यु
१६ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कास्कीको पोखरा महानगरपालिका–१७ निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।
यही कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई अस्पतालको आईसीयू कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।
डा. आचार्यका अनुसार उनी निमोनिया, मधुमेह लगायतका समेत बिरामी पनि थिए ।