मृत्युको २५ दिन बित्दा पनि महेन्द्र रामको शव अस्पतालमै, नेकपाको ईसारामा प्रहरीले जाहेरी नलिएको प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहको आरोप
१६ कार्तिक, रौतहट । सर्लाही जिल्लाका रामनगर गाउँपालिका ७, सिसौटका ६५ वर्षीय महेन्द्र रामको शव २५ दिन बित्दासम्म पनि दाहासंकार भएको छैन् ।
यही असोज २२ गते कुटपिटबाट गम्भीर घाइते भई रामको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
स्थानीय प्रहरी प्रशासनले वेवास्ता गरेको भन्दै महेन्द्र राममाथि कुटपिट गर्नेहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दौ शव अहिलेपनि अस्पतालमै रहेको छ । नेकपाका नेताहरुको ईसारामा प्रहरीले राममाथि कुटपिट गर्नेहरु विरुद्ध किटानी जाहेरी दिए पनि हालसम्म प्रहरीले समाधान थर्न आनाकानी गरेको प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहको आरोप रहेको छ ।
पहिले किटानी जाहेरी दिन जादा झडपमा मृतकका भाई, श्रीमति एवं आधा दर्जन महिलासहित दुई दर्जन नेता कार्यकर्तालाई घाईते बनाएको सांसद् सिंहले बताए ।
आफन्तले घर ल्याउँदै गर्दा प्रहरीले शव समेत खोसेर लगेको कांग्रेस नेता एवं प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए । २८ गते नेपाली कांग्रेस सर्लाहीको आयोजनामा जिल्ला प्रहरी कार्यालय मलंगवा घेराउ गर्ने क्रममा झडप हुँदा नेपाल प्रहरीका दुईजना डिएसपीसहित २२ तथा सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी सामान्य घाईते भएका थिए ।
त्यस्तै प्रहरीले प्रहार गरेको लाठी र अश्रुग्याँसबाट आफ्ना दुईदर्जन नेता कार्यकर्ता घाईते भएको कांग्रेसले जनाएको छ । प्रहरीको लाठी प्रहारबाट दुई महिलाको हात तथा एक महिलाको खुट्टा समेत भाँच्चिएको समेत कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार अन्य डेढ दर्जन नेता कार्यकर्ताहरुको टाउको, हात लगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको छ
उता प्रहरीले भने किटानी जाहेरीलीने काम भयको र फरार अपराथीलाइ खोजने काम भइ रहयको सलाही प्रहरी प्रमुख सन्तोस सिंह राठोरले जानकारी दिए ।