पर्सामा टयाक्टर दुर्घटना हुदाँ चालकको मृत्यु

   १६ कार्तिक २०७७, आईतवार १३:१९  

१६ कार्तिक, रौतहट । पर्सामा आइतबार बिहान टयाक्ट्र दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ लक्ष्मीपुरमा टयाक्ट्र दुर्घटना हुदाँ च्यापिएर चालकको मृत्यु भएको हो ।

लु ३ त १२१६ नम्बरको टयाक्टरमा धान लोड गरेर लक्ष्मीपुरबाट आउँदै गरेको टयाक्टर लक्ष्मीपुरमै चन्द्रवाती खोलाको पुलबाट करिब १ सय मिटर तल खसेको थियो ।

टयाक्टर धनी समेत रहेका राम मनोहर साहले आफैँले चलाएर ल्याएको टयाक्टर अनियन्त्रित भइ पुलबाट तल खसेको टयाक्टरले च्यापिएर ३५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको छ ।

धान लोड भएको ट्याक्टरले थिचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरीक्षक आदर्श खतिवडाले जानकारी दिए ।