कास्कीमा थप एक कोरोना संक्रमितले ज्यान गुमाए
१६ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक अन्नपूर्ण गाउँ वडा नं ३ बस्ने ४७ वर्षीय पुरुषको शनिबार राति करिब ११ः३० बजे मृत्यु भएको छ ।
यही कार्तिक ४ गते स्वास्थ्यमा समस्या आएपछि, पीसीआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।