सिराहामा बोक्सी आरोपमा छोराको कुटपिटबाट आमाको मृत्यु
१६ कार्तिक, रौतहट । सिरहाको कर्जन्हा नगरपालिका ३ बस्ने ९० वर्षीया वृद्धलाई आफ्नै छोराले कुटपिट गरि हत्या गरेको छ ।
आफ्नै आमालाई बोक्सी आरोपमा छोराले कुटपिट गरि गम्भीर घाइते भएकी वृद्धलाई शनिबार दिउँसो स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सिरहा अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा शनिबार साँझ करिब ५ बजेको समयमा सुदामादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसप्री सन्तुलाल जयसवालले जानकारी दिए ।
यही कार्तिक १२ गते बुधबारको सुदामादेवीलाई आफ्नै छोराले बोक्सीको आरोप लगाउँदै उनको कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडी निर्घात कुटपिट गरी मलमुत्र खुवाउने प्रयास समेत गरेका थिए । तर, गाँउलेले प्रहरीलाई तत्काल खबर गर्दा घटनास्थलमा पग्दा प्रहरीले दिसन खुवाने प्रयासलाई असफल गरेपनि छोराले घाँटी थिचेर कुटपिट गर्दा सुदामादेवी गम्भीर घाइते भएकी थिइन् ।
दुईदिनको उपचार पश्चात घर फर्काएको थियो ।
छोराकी पत्नी बुहारी मनीषाको खुट्टामा घाउ भएपछि रामऔतारले आमामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै मलमूत्र खुवाउने समेत प्रयास गरेका हुन्।
घटना लगतै फरार भएका राऔतारलाई दुईदिनपछि गएको शुक्रबार दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका छोरा रामऔतारले अपराध स्वीकार गरिसकेका छन् । उनीमाथि हत्या अभियोगमा कारबाही प्रक्रिया अघि बढाएको सिरहा प्रहरीले जनाएको छ ।