२६ ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ
१६ कार्तिक, रौतहट । भारतबाट नेपालतर्फ अवैधरुपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गरेका एक भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ ।
झापाको मेमीनगर ६ बाट ब्राउनसुगरसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिए थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।






