पूर्वराज्यमन्त्री यादव जुवाखालबाट पक्राउ

   १६ कार्तिक २०७७, आईतवार १०:५५  

१६ कार्तिक, रौतहट । प्रहरीले पूर्व राज्यमन्त्री सहित १० जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

शनिवार महानगरीय प्रहरी वृत्त स्वयम्भूले जुवा खेली रहेको अवश्थामा पूर्व राज्यमन्त्री खोभारी राय यादव सहित १० जनालाई पक्राउ गरेको हो । स्वयम्भूको विजेश्वरीस्थित साइँली तामाङको घरमा दिउँसो समयमा जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्वर ५ वाट निर्वाचित भएका खोबारी यादव शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द र पछिल्लो समय डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव राज्यमन्त्री भएका थिए ।

उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।

यसअघि, मन्त्री नियुक्त भएपछि घरको छतबाट बन्दुक पड्काउँदा यादव विवादमा आएका थिए ।