बाँकेमा थप चार संक्रमितको मृत्यु

   १६ कार्तिक २०७७, आईतवार १०:३६  

१६ कार्तिक, रौतहट । बाँकेमा कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ ।

बाँके जिल्लाका २ जना र २ जना बाहिरी जिल्लाका रहेका हुन् ।

उपचारको क्रममा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका १ का ६० बर्षीय पुरुषको गत राति १ बजको करिबमा मृत्यु भएको छ ।

त्यस्तै, दाङको घोराही उपमहानगरपालिका – ४ का ७० वर्षीय पुरुषको आइतबार बिहान ५ः०० बजे मृत्यु भएको अस्पतालले जनाएको हो ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका १८ का ७० वर्षिय पुरुषको दिउँसो २ः४५ बजे मृत्यु भएको छ ।

त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको शनिबार साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालको श्रोतले जानकारी दिए ।

उनीहरुको उपचारको क्रममा संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यो संगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।