खेत जोत्ने ट्याक्टर दुर्घटना हुदाँ ५० वर्षीय पुरुषको मृत्यु

   १५ कार्तिक २०७७, शनिबार १४:०५  

१५ कार्तिक, रौतहट । भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा सोही स्थानका ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खेत जोत्ने हाते ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताए ।

ट्याक्टर चालक सोही ट्याक्टरसहित पल्टदै जाँदा ट्याक्टरको फाली (जोत्ने भाग) ले घाँटी लगायतको भागमा गम्भीर चोट लागेको थियो । दुर्घटनामा घाइते भएका सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको डिएसपी गिरीले बताए ।