बाँसघारीमा ३ जुवाडे पक्राउ

   १५ कार्तिक २०७७, शनिबार १२:४९  

१५ कार्तिक, रौतहट । महोत्तरी प्रहरीले बाँसघारीबाट ३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बलवा र अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्दै नौ थान कौडासमेत बरामद गरेको हो ।

पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ७ बस्ने ४० वर्षीय बिनोद कुमार साह, सोही उमेरका सरोज कुमार साह र ३५ वर्षीय सन्तोष कुमार साह छन् ।

उनीहरुमाथि जुवा मुद्दामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।