बुटवलमा थप एक कोरोना संक्रमितले ज्यान
१४ कात्तिक, रौतहट । बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएपछि, आज बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
यही कात्तिक १ गते कोरोना उनमा कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका डा विष्णु गौतमले बताए ।