टीकापुरका प्रहरीले एक लाख नगदसहित फेला पारे लेडिज ब्याग
१४ कार्तिक, रौतहट । टीकापुरका प्रहरीले करिब रु १ लाख नगद, गहना र मोबाइल सहितका लेडिज ब्याग फेला पारेका छन् ।
बिहीबार दिउँसो करिब ४ः३० बजेको समयमा टीकापुर लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवलदार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको ब्याग फेला पारेको हुन् ।
झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।
फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो ।