पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

   १४ कार्तिक २०७७, शुक्रबार ११:३५  

१४ कार्तिक, रौतहट । पोखरामा थप एक जनाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण मृत्यु भएको छ ।

बाग्लुङ गल्कोट नगरपालिका ३ बस्ने ७२ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार साँझ करिब ५ः०५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो ।

स्वास्थ्य समस्या जटिल भएपछि पोखराको आइसियुमा उपचार राखेर उपचार भइरहेकै क्रममा यही कार्तिक ७ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसंगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ७३ पुगेको छ ।