राष्ट्रपति इमान्यूएलः ‘फ्रान्स चक्कु हमला इस्लामी आतंकवादी’

   १४ कार्तिक २०७७, शुक्रबार ११:२२  

१४ कात्तिक, रौतहट । विहीवार फ्रान्सको नीस शहरको एक चर्चमा चक्कु हमला भयो। घटनामा दुई महिला र एक पुरुषगरी तीन जना मानिस मारिए। त्यहाँका राष्ट्रपति इमान्यूएल म्याक्रोले घटनालाई ‘इस्लामी आतंकवादी हमला’को संज्ञा दिएका छन्।

उनले फ्रान्स जातीय आतंकवादको अघि नझुक्ने बताएका छन्। उनले जनतालाई धैर्य र एकता कायम राख्न समेत अपिल गरेका छन्। दुई साता नबित्दै फ्रान्समा दोस्रो पटक आतंक मच्चिएको हो।

चर्चमा चक्कु प्रहार गर्ने व्यक्ति १४ सेन्टिमिटर लामो ब्लेड लिएर बिहार साढे ८ बजे पसेका थिए। ३० मिनेटको अन्तरालमा उनले २ मानिसको हत्या गरे। गम्भीर घाइते भएका एकको उपचारका क्रममा निधन भयो।

फ्रान्सका आतंकवाद-निरोधी अभियोजक ज्या फ्राकुआका अनुसार ६० वर्षीया वृद्धाको शीर लगभग छिनेको थियो।