धनगढीबाट भारतीय नागिरकलाई नेपाली नारिकताको लागि सिफारिस गरेको आरोपमा वडाअध्यक्ष पक्राउ
१४ कार्तिक, रौतहट । भारतीय नागरिक अलिसाय अन्सारीलाई नेपाली नागरिकता दिलाउन सिफरिस गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ बस्ने अध्यक्ष गणेशप्रसाद जोशी रहेका हुन् ।
२०७५ फगुन २०७५ फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीले नक्कली बाबु बनेर भारतीय नागरिक अन्सारीको नागरिकता बनाउन वडाअध्यक्ष जोशीलाई अनुरोध गरेका थिए ।
त्यसपछि जोशीले नक्कली बुवा बनेको सिफारिस गरेको प्रमाण भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कायालयले कैलालीले जनाएको छ । नक्कली बाबु हाल फरार छन्, भने भारतीय नागरिक अन्सारी टीकापुरमा बस्छन् ।
यसै अभियोगमा प्रहरीले चौधरीका दाजु खुसीराम चौधरीलाई पनि पक्राउ गरेको छ । भाउजू गीता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अन्सारीले १ लाख रुपैयाँ दिएपछि चौधरीले उनलाई नक्कली छोरा बनाएका थिए ।
प्रहरीले वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिए ।