पर्सा र बारामा गरी थप १० जनामा कोरोना पुष्टि

   १४ कार्तिक २०७७, शुक्रबार १०:३५  

१४ कार्तिक, रौतहट । वीरगञ्जस्थित नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार पर्सामा ६ र बारामा ४ जनागरी थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालको पिसिआर प्रयोशालामा बुधबार र बिहिबार जम्मा गरिएको ९६ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा २ महिला र सहित २१ वर्षदेखि ३२ वर्ष उमेर समुहसम्मका १० जनालाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको हो ।

पर्सामा कोभिड पोजेटिभ भएकामध्ये ५ जना वीरगञ्ज महानगरपालिका र एक जना कालिकामाई गाउँपालिकाका बासिन्दा हुन् ।

नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु २१ देखि ३२ सम्म रहेको छ ।

उनले सिटि भ्यालु २४ भन्दा माथि रहेका संक्रमितले अन्यमा कोरोना सार्ने सम्भावना कम रहेको बताए ।