फ्रान्सको चर्चमा चक्कु आक्रमण, दुई जनाको मृत्यु
१३ कात्तिक, रौतहट । फ्रान्सको निस सहरमा रहेको चर्चमा बिहीबार एक आक्रमणकारीले छुरा प्रहार गरेर कम्तिमा दुई जनाको हत्या गरेको छ । यसमध्ये एक महिला टाउको नै काटिएको छ । सहरका मेयरले यस घटनालाई आतंकवादी हमलाको संज्ञा दिएका छन् ।
नोट्रे डाम चर्च भित्र वा नजिकै भएको उक्त घटना भएको र प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको मेयर क्रिस्टियन एस्ट्रोसीले जानकारी दिएका छन् ।
प्रहरीले घटनामा दुई जना मारिएको कयौँ घाइते भएको पुष्टि गरेको छ । प्रहरी स्रोतका अनुसार एक महिलाको टाउको नै काटिएको अवस्थामा शव फेला परेको छ । फ्रेन्च राजनीतिक मरिन ले पेनले पनि महिला टाउको नै काटिएको सूचना आएको जनाएका छन् ।
यही महिना मात्र पेरिसमा एक शिक्षकको टाउको काटिएको थियो । स्यामुएल प्याटीले प्रोफेट मोहमदको काटुन विद्यार्थीलाई देखाएको आरोपमा चेचेन मूल भएका ती व्यक्तिले उनको हत्या गरेको बताएका थिए ।
एजेन्सी